केहीबरमा बन्दसत्र सुरु हुने, भोलि उम्मेदवारी दर्ता, सोमबार मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उद्घाटन सत्रको कार्यक्रम सकिएको छ । अब केहीबेरपछि काठमाडौँस्थित भृकुटी मण्डपमै बन्दसत्र सुरु हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बन्दसत्रमा महान्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले पेस गर्ने संगठन प्रतिवेदन अनुमोदन हुनेछ ।
त्यस्तै कोषाध्यक्ष सीतादेवी यादवले पेस गर्ने आर्थिक प्रतिवेदन पनि अनुमोदन हुनेछ । हिजो बिहीबार नै कांग्रेस केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष यादवले कांग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको प्रतिवेदन पेस गरेकी थिइन् ।
त्यस्तै भोलि नयाँ नेतृत्वको लागि आकांक्षीहरुले मनोनयन दर्ता गर्नेछन् । कांग्रेसमा सभापति, उपसभापति, महामन्त्रीलगायतका पदमा आकांक्षी धेरै छन् । आइतबार भने उम्मेदवारी फिर्ता गर्न समय दिइनेछ । त्यस्तै सोमबार बिहान ८ बजेदेखि नै मतदानको कार्यतालिका छ ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया