देउवाकै प्यानलबाट महामन्त्रीको उम्मेदवार प्रदीप पौडेल, देउवा र सिटौलाबीच भयो सहमति

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल सभापति शेरबहादुर देउवाकै प्यानलबाट १४औँ महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने भएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता पौडेललाई आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार बनाउन देउवा राजी भएका हुन् । केहीबेरअघि मात्रै देउवा र सिटौलाले पौडेललाई महामन्त्री बनाउने सहमति गरेका हुन् ।
पौडेललाई महामन्त्रीमा देउवा समूहले सहयोग गर्ने सहमति गरेका सिटौलाले सहमतिमा सभापति देउवालाई सहयोग गर्ने पनि बताएका छन् । १३औँ महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार थिए । तर, पछि दोस्रो चरणमा देउवालाई नै सहयोग गरेका थिए । १४ औँ महाधिवेशन स्थलमै देउवा र सिटौलाबीच सहमति भएको हो । देउवासँग सहमति भएपछि सिटौलाले पौडेललाई फोन गरेर जानकारी गराएका थिए ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया