अझै प्रतिगमनको खतरा छ : माधव नेपाल

बुटवल- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अझै प्रतिगमनको खतरा रहेको चेतावनी दिएका छन् । शनिबार बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै सचेत रहनु पर्ने बताए ।
इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उनको भनाइ छ ।
उनले समाजमा दलाल पुँजीवाद हावी भएको र कतिपय दलहरू त्यसैमा रमाइरहेको बताएका नेता नेपालले दलाल पुँजीवाद हटाएर समाजवाद स्थापना गर्ने आफ्नो दलको अभिभारा रहेको र यस अभिभारा पूरा गरेरै छाड्ने बताए ।

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया