कर्णालीको कथा बोकेको ‘बुलाकी’ को सुटिङ सकियो

काठमाडौं- कर्णाली प्रदेशको जनजीवन, रीतिरिवाज र संस्कृतिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको फिल्म ‘बुलाकी’ को छायाङ्कन सकिएको छ । तिहार लगत्तै डोल्पाबाट सुरु गरिएको फिल्मका केही दृश्य मुगु र जाजरकोटका बिभिन्न स्थानमा समेत खिचिएको जानकारी निर्माण पक्षले दिएको छ । करिब एक महिना निरन्तर छायांकन गरि युनिट हाल राजधानी फर्किएको हो ।
मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मको निर्देशक लक्ष्मण सुनार हुन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नव अभिनेता बिराज बिष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा,सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले,अमित परियारलगायतका कलाकारको अभिनय छ ।
छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ को छायांकार शिव ढकाल हुन् । फिल्ममा गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । निर्देशक सुनारले फिल्मको छायांकन निकै उत्कृष्ट तवरले गरिएको बताउदै बाँकी दुई गीत केही समयपछि खिचिने जानकारी दिएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया