'क्याप्टन' अभिनेत्री उपासना बनिन् एजुकेसन एन्ड माइग्रेसन कर्नरको ब्रान्ड एम्बेस्डर

काठमाडौँ- अभिनेत्री उपासना सिंह ठकुरी एजुकेशन एन्डमाइग्रेसन कर्नरको ब्रान्ड ऐम्बेस्डरमा नियुक्त भएकी छन् । युवा पुस्ताकी चर्चित अभिनेत्रीलाई एजुकेशन एन्डमाइग्रेसन कर्नरले यस अघि पनि एक वर्षका लागि आफ्नो सस्थाको ब्रान्ड एम्बेस्डरमा नियु्क्त गरेको थियो ।
काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रमबीच सस्थाका कम्प्लाइन्स म्यानेजर नवराज प्रसाईले उपासनाको क्रेज र विध्यार्थीहरू माझ संस्थाको बारेमा उपासनाले गरेको सकारात्मक प्रवाहका कारणले नै उनलाई पुनः ब्रान्ड एम्बस्डरको रूपमा नियुक्त गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा सस्थाका ब्यवस्थापक संयोजक ईश्वरराज मैनालीले एजुकेशन एन्डमाइग्रेसन कर्नरलाई अभिनेत्री उपासना सिंह ठकुरीको आबद्दताले उचाइ प्रदान गरेकोमा प्रसन्नता ब्यक्त गरे । अभिनेत्री उपासना सिंहले आफूलाई विश्वास गरेर सस्थाले पुनः ब्रान्ड एम्बस्डरको रूपमा नियुक्त गरेकोमा खुसी व्यक्त गरिन् ‘ सस्थाले ममाथि गरेको विश्वासलाई म डगमगाउँन दिन्न ।
उनले विभिन्न देशमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने विध्यार्थीहरूका लागि एजुकेसन एन्डमाइग्रेसन कर्नरलाई छान्न आग्रह समेत गरेकी छन् । एजुकेसन एन्डमाइग्रेसन कर्नर अष्ट्रेलिया, सिड्नी निर्देशक सुनिल उप्रेतीले पछिल्लो समय युवा पुस्ताकी प्रिय अभिनेत्री उपासना सिंह ठकुरीको सस्थामा पुन आबद्दता विध्यार्थीहरूकै माग र चाहनाको परिणाम भएको कुरा बताए ।
उनले अगाडि भने -‘ आफूले पाएको जिम्मेवारी निभाउने मामिलामा सधैं अग्रसर हुने उपासनाको बानीले पनि उनलाई पुनः हामीले ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेका हौं ‘ यसैबीच सस्थाले विध्यार्थीहरूका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । जानकारी दिइए अनुसार पुस ७ मा काठमाडौँ, पुस ९ पोखरा , पुस ११ इटहरी , पुस १२ दमक, पुस १३ बिर्तामोड, पुस २३ हेटौंडा, पुस २४.चितवन र पुस २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया