गृहमन्त्री खाण महामन्त्रीको रिङबाट किन आउट भए ?

काठमाडौँ - अहिलेका गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण महामन्त्रीको रिङबाट आउट भएका छन् । तल्लो तहमा राम्रो पकड जमाएका खाण महामन्त्रीको पदबाटै आउट भएका हुन् ।
उनले महामन्त्रीमा उम्मेदवारी दिने भन्दै प्रचारप्रसार सुरु गरेका थिए । कृष्ण प्रसाद सिटौलाको मूसा प्रवृत्तिको मारमा खाण पनि परेका छन् । सिटौला समूहले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य गरेर महाधिवेशनमा जाने सहमति गरेपछि देउवाले महामन्त्रीमा सिटौला समूहका पौडेललाई रोजेका छन् ।
यस्तै अर्का महामन्त्रीका उम्मेदवार प्रकाशशरण महत देउवाका निकट मानिन्छन् । बागमती प्रदेशमा संस्थापनइतर समूह कमजोर हुँदाहुँदै देउवा प्यानलका इन्द्र बाँनियाले चुनाव जितेका थिए । इन्द्र बानियाँलाई चुनाव जिताउन महत हेटौंडामै केही दिन बसेका थिए । महतलाई महामन्त्रीबाट ब्याक गर्दा बागमतीबाट आउने भोट केही बिग्रने भएपछि उनी देउवाको रोजाइमा परेका हुन् । तर, खाणको प्रदेश लुम्बिनीमा संस्थापनइतरले प्यानलनै जितेको छ । त्यहाँ खाणले षडयन्त्र गरेको देउवापक्षको आरोप छ ।
जित्नका लागि प्यानलमा अरुलाई ल्याउनुपर्ने हुँदा देउवाले आफ्नै टिमकालाई भने पाखा पारेका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा समेत देउवा टिममा अटाएननन् । महामन्त्रीमा दाबी प्रस्तुत गरेका उनलाई सहमहामन्त्रीमा देउवाले अफर गरेका थिए ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया