मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

९१ वर्षमा केन्द्रीय सदस्यको आकांक्षी

काठमाडौँ - कांग्रेसको १४ महाधिवेशनमा पर्साका ९१ बर्षीय शान्ती कर्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन् ।  पर्साकी कांग्रेस नेतृले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी हुन् । 

आफूलाई वीपीले पार्टी सदस्यता दिने बताउँदै उनले उमेरले केही नगर्ने भएकले केन्द्रीय सदस्यमा उठ्ने बताएकी हुन् । '१५ वर्ष जेल बसे अहिले मलाई कुनै टिममा राख्दैनन् । तराईको भनेपछि टिममा परिन्न, उनीहरु आफैंआफैं बनाउँछन् टिम', उनले भनिन् ।

आफूले विवाहसमेत नगरी कांग्रेसमा लागेकाले अब आफ्नो उमेद्वारीले महिला, दलितलगायतका समस्या समाधान गर्ने कार्की बताउँछिन ।

'काम गर्न दिनुपर्‍यो नातावाद कृपाबाद बन्द गर्नुपर्‍यो । मलाई बिपी बाबुले सदस्यता दिएका हुन। अब कांगेसलाई समावेसी बनाउनुपर्‍यो' उनले भनिन् ।