नेपालको जुनियर टिममा समेत प्रतिभावान् खेलाडी छन्ः पुबुदु

काठमाडौँ- नेपालको राष्ट्रिय क्रिकेट टिम (पुरुष)को मुख्य प्रशिक्षकमा नियुक्त भएका पुबदु दासनायकेले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउन चाहेको प्रतिक्रिया दिएका छन् । शनिबार मात्रै मुख्य प्रशिक्षकमा नियुक्त भएका दासनायकेले नेपालको सिनियर टिममा मात्रै नभएर उमेर समूहका टिममा समेत प्रतिभावान् खेलाडी भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
'यो जिम्मेवारी पाउँदा म अत्यन्तै हर्षित छु । यसका लागि क्यानलाई धन्यवाद दिन चाहन्छु । आशा छ म नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउन सक्नेछु । नेपालको सिनियर टिममा मात्रै होइन, उमेर समूहका टिममा समेत प्रीतभावान् खेलाडीहरू छन्,’ पुबुदुले भनेका छन् ।
दासनायके करिब ६ वर्षपछि पुरानै जिम्मेवारीमा फर्कन लागेका हुन् । यसअघि उनी अगस्ट, २०११ देखि नोभेम्बर, २०१५ सम्म नेपाली टिमको मुख्य प्रशिक्षकका रुपमा कार्यरत थिए । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार मात्रै उनलाई मुख्य प्रशिक्षकको पदमा नियुक्त गरेको हो ।
पुबदुले पहिलो कार्यकालमा नेपाली टिमलाई टी–ट्वान्टी विश्वकपसम्म पुर्याएका थिए । पहिलो पटक नेपालको प्रशिक्षक बन्दा उनले रोय डायसलाई प्रतिस्थापन गरेका थिए । संयोगवश यी दुवैले श्रीलंकन टिमका लागि खेलेका छन् ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया