ओली श्री ३ जंगबहादुरको बाटोमा हिंड्नुभयो : दाहाल

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको आरोप लगाएका छन् । सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली सामन्ती शासकजस्तो श्री ३ महाराजाधिराज जंगबहादुर राणाको बाटोमा हिंडेको आरोप लगाए ।
‘म, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरू पलेटी कसेर बाटोमा जाँदा यिनीहरू त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखेँ,’ उनले भने, ‘हामी सडकमा पुगेको होइन, जनताको बीचमा पुग्यौं । ओली सामन्ती शासकजस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडनुभयो । त्यहींबाट उहाँ पराजित हुनुभयो, हाम्रो विजयको सुरुवात भयो ।’
पार्टीभित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक संकट ल्याउने हदसम्म पुर्याएको पनि अध्यक्ष प्रचण्डले बताए । यस कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको पनि उनले बताए । संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले इतिहासको पानामा कलंकको टीका लगाएको समेत बताए ।
उनले भने ‘पार्टीभित्र विवाद चलेको हो । अन्तरसंघर्ष चलेको हो । एकताका बेलामा निर्धारित राजनीतिक प्रतिवेदन र विधानअनुसार चल्नुपर्छ भन्ने जोड गरेर व्यक्तिवादी तरिकाले विधि पद्धतिभन्दा बाहिर गएर चल्नेका बीचको लडाईं परेकै हो । तर, त्यो पार्टीभित्रको संघर्ष थियो । पार्टीभित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको वाहक बन्नु दुर्भाग्यपूर्ण हो ।’
प्रधानन्त्री ओलीले हुँदै नभएको प्रावधानबाट संसद विघटन गरेर आफूहरुलाई जनतामा जाने मुद्दा दिएको पनि उनले दाबी गरे । संविधान, संघीयता र गणतन्त्रको पक्षमा फेरि एकपटक लड्ने मुद्दा दिनुभएकोले अब हुने कुनै पनि चुनावमा आफूहरूले जित्ने पनि अध्यक्ष प्रचण्डले दाबी गरे । तर पछिलो समय जे भइराखेको छ, त्यो क्रान्ति र प्रतिक्रान्ती बीचमा, अग्रगमन र प्रतिगमनको बीचमा भएको लडाइ रहेको पनि बताए । ‘अहिले देशमा जे भइराखेको छ यो क्रान्ति र प्रतिक्रान्तिबीचमा, अग्रगमन र प्रतिगमनको बीचमा, प्रगति र दुर्गतिबीचको लडाइको रुपमा रहेको छ ।’

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया