शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

मलिकालाई आकाशको निम्तो ‘तिमी बस दिलैमा’

काठमाडौँ - गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा ‘तिमी बस दिलैमा’बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री मलिका महतको अभिनय रहेको छ । 

म्युजिक भिडियोमा पल शाहसँग धेरैजसो देखिँदै आएकी मलिका पहिलोपल्ट आकाश श्रेष्ठसँग जोडी बाँधेकी हुन् ।  शनिबार सार्वजनिक गीतको म्युजिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी एवं निर्देशन हेर्न सकिन्छ । 

लामो समय कोरियोग्राफीको अनुभव बटुलेका बसेल निर्देशनमा यो अनुभव पोखेका छन् । भिडियाका हरेक फ्रेम उत्कृष्ट छन् । उनले आकाश र मलिकालाई सुन्दर तरिकारले प्रस्तुत गरेका छन् ।

भिडियोमा विकाश सिवाकोटीको शब्द, शेरा थामी र विकाश सिवाकोटीको संगीत रहेको गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा नविन निरौलाको सम्पादन छ ।