बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

आइएमई जनरल इन्स्योरेन्स कार्यालय भवनको शिलान्यास

काठमाडौँ- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले केन्द्रीय कार्यालय भवन शिलान्यास भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट भवन शिलान्यास भएको हो । उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, लगायतका प्रमुखहरु लगायतको उपस्थिति थियो ।

शिलान्यासको शुभ साहितको समयमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट भवनको जगमा शिला राखेर शुभ साहितमा भवनको शिलान्यास गरे । उक्त शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफ्नो व्यस्थताको वावजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिएकोमा बीमा समितिका अध्यक्षलाई संचालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराउँदै यस सुखद समराहोमा उपस्थित भई हामीलाई हौसला प्रदान गरिदिएकोमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेललगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गरे ।