मेलिना र कृष्णको 'के छ तिम्रो विचार' मा नम्रता र दिनेश
काठमाडौं - चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको 'के छ तिम्रो विचार' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपराज थापाका शब्द सृजना रहेको गीतमा सोनाम बज्यूको संगीत तथा संगीत संयोजन रहेको छ ।
आरजु बैजुको कोरियोग्राफी रहेको गीतमा कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटाको अभिनय रहेको छ । डान्सिगं शैलीको रमाइलो गीतमा नम्रता र दिनेशले लोभलाग्दो अभिनय गरेका छन् ।
भिडियोमा उमेरले परिपक्व एक युवतीलाई मन पराउने र मीठा मीठा सपना देख्ने युवकको रमाइलो किस्सालाई कलात्मक शैलीमा देखाइएको छ । मिलन बिकको सहनिर्देशन रहेको गीतको छायांकन सुसन प्रजापतिले गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया