सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

पहिलो चरणमा कसैले जित्दैन, दोस्रो चरणमा देउवा इतर समूहले जित्छः निधि

काठमाडौँ- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले भोलि हुने पार्टीको चुनावमा कसैले पनि जित्न नसक्ने दाबी गरेका छन् ।कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार निधिले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा इतर समूहले जित्ने बताए।

दोस्रो चरणको चुनाबमा आफू, शेखर कोइराला र प्रकाशमान सिंह एकै ठाउँमा उभिएर नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा निर्विरोध प्रस्ताव गरेको भए पार्टीको तल्लो तहमा नयाँ सन्देश जाने उनको भनाई थियो।

 देउवाको नेतृत्वमा पौडेललाई अलग्याउने कोसिस भएको निधिले उल्लेख गरे। उनले सहमतिका लागि निर्वाचन कार्यक्रम एक दुई दिन स्थगित गरेर अझै पनि पौडेलको नाममा सहमति गर्न सकिने ठाउँ रहेको बताए।

कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने निधिले बताए। त्यतिबेला कांग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने उनको भनाई थियो।