रोहित प्रमाणित कप्तान हुन्ः गांगुली
काठमाडौँ- विराट कोहलीले गत महिना भारतको टि–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिए । त्यसपछि टि–ट्वान्टी टिमको जिम्मेवारी रोहित शर्माको काँधमा पुग्यो । चार दिनअघि रोहितलाई ओडीआई टिमको जिम्मेवारी पनि दिइयो ।
भारतीय क्रिकेट बार्ड (बीसीसीआई)ले रोहितलाई टि–ट्वान्टी र ओडीआईको कप्तानमा नियुक्त गरेपछि सौरभ गांगुलीले प्रश्नहरूको सामना गर्नु पर्यो । प्रष्टीकरण दिँदै गांगुलीले रोहित हरेक कोणबाट कप्तानका लागि उपयुक्त उम्मेदवार रहेको बताएका छन् ।
‘छनौटकर्ताले रोहितलाई त्यत्तिकै छानेका होइनन् । उनी टि–ट्वान्टी र ओडीआई टिमको कप्तान बन्न हरेक हिसाबले सक्षम छन् । उनी आफ्नो जिम्मेवारीमा खरो उत्रनेछन् भन्नेमा शंका छैन, ’ गांगुलीले भारतीय सञ्चार माध्यमहरूसँग भनेका छन् ।
मुम्बई इन्डियन्सलाई पाँच पटक इन्डियन प्रिमियर लिग (आईपीएल) जिताइसकेका रोहित प्रमाणित कप्तान रहेको गांगुलीको भनाइ छ । ‘उनकै कप्तानीमा भारतीय टिमले एसिया कप जितेको थियो । त्यो टिममा कोहली थिएनन् । कोहलीबिना उपाधि जित्नु कम गाह्रो थिएन । रोहितको कप्तानीमा भारतीय टिमले फेरि पनि उपाधि जित्न सक्छ । अनि यो टिममा स्तरीय खेलाडीको कमी छैन । यसकारण हामी सबै उत्साहित छौँ,’ गांगुलीले भनेका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया