सरेको सरै ‘सत्यम्’, राजेश हमाल प्रदेश प्रदेशमा, अनुप ‘लाखे’मा

काठमाडौँ - एक वर्ष हुन लागिसक्यो फिल्म ‘सत्यम्’को चर्चा हुन थालेको । अभिनेता राजेश हमाल यो फिल्ममा अनुबन्ध भएको समाचार सार्वजनिक भएसँगै यो फिल्मको चर्चा चुलिएको थियो । यसबाहेक कहिले कलाकार अनुबन्धका समाचार त कहिले अडिसनका खबरले पनि यो फिल्मलाई बासी हुन दिएनन् ।
फिल्म खेल्ने भनेर कार्यशालामा पनि सहभागी भएकी मलिका महतले अचानक यो फिल्म छाडेपछि यो फिल्म फेरि एक पटक मिडियामा छाएको थियो । तर रंग बजारमा भने राजेश हमालदेखि पल शाहसम्मले पनि यो फिल्म छाडेका खबर आएका थिए ।
यस्तो विवादपछि निर्माण टिमले आफूहरू सुटिङमा जान ठिक्क परेको र तिहार लगत्तै फ्लोरमा जाने जवाफ दिएको थियो । तिहार बितेको नै डेढ महिना भइसक्यो तर यो फिल्म फ्लोरमा जाने सुरसार छैन । पछिल्लो समय पुस १ देखि यो फिल्म फ्लोरमा जाने चर्चा थियो तर यो मितिमा पनि फिल्म फ्लोरमा जाने संकेत छैन ।
यही बेला राजेश हमाल गायक गायिका र नृत्यांगनाको नेतृत्व गर्दै ७ प्रदेश घुम्न निस्किएका छन् भने फिल्मका अर्का मुख्य कलाकार अनुपविक्रम शाही नयाँ फिल्म ‘लाखे’लाई समय दिन थालेका छन् । ‘लाखे’ फिल्मको पुसको दोस्रो साताबाट सुटिङ सुरु हुँदैछ । सामान्यतया वर्कसप त्यतिबेला गरिन्छ जब फिल्म फ्लोरमा जान तयार हुन्छ । तर यो फिल्म त वर्कसप झन् सुस्ताएको महसुस हुन्छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया