जनता प्रतिनिधि सभा विघटनविरुध्द उर्लिए : कांग्रेस
प्रदर्शनमा सहभागी भएकालाई देउवाद्वारा आभार प्रकट

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीले आज मुलुकभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा गरेको प्रदर्शनमा भएको जनताको सहभागिताले प्रतिनिधि सभा विघटन अनअपेक्षाविपरीत भएको पुष्टि भएको बताएको छ ।
मुलकभरको प्रदर्शन देखिएको जनसहभागिताले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।
‘प्रदर्शनले के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त गरेको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुध्द आयोजित विरोध प्रदर्शन व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रदर्शनमा सहभागी सबैमा पार्टीका तर्फबाट देउवाले आभारसमेत प्रकट गरेका छन् । त्यस्तै देउवाले प्रदर्शन सफल बनाउन अहोरात्र खट्ने सबैलाई धन्यावादसमेत दिएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया