१६ दिने अभियानमै २८ महिला तथा बालिका पीडित

काठमाडौँ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएको जनाएको छ । ‘घरैबाट सुरू गरौँ’, महिलाहिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो वर्ष सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिएको यो अवधिमा उक्त घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा १६ दिनको अवधिमा सुदूरपश्चिम बाहेकका ६ वटा प्रदेशमा २८ जना महिला तथा बालिका पीडित भएको र बाग्मती प्रदेशमा ७, कर्णाली प्रदेशमा ६, लुम्बिनी र प्रदेश २ मा पाँच/पाँच, प्रदेश–१ मा तीन र गण्डकी प्रदेशमा दुई जना पीडित भएका छन् ।
यो अवधिमा पत्नी हत्याका दुई र आमाको हत्या एउटा घटना भएको छ । १६ दिनको अवधिमा १८ जना बालिका र १० जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा कानुन कार्यान्वयनका सवालमा पीडित केन्द्रित र महिलामैत्री वातावरणको निर्माण गर्नुपर्ने लगायत १३ बुँदे सुझाव पनि समेटिएको छ । महिला तथा तेस्रो लिङ्गीलाई सकारात्मक विभेदको नीति अवलम्बन गरी तीनै तहका सरकारले राज्यको मुलधारमा ल्याउनुपर्ने र यस्तो नीति राजनीतिक दलहरूले पनि अपनाउनु पर्ने उल्लेख छ । रासस

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया