मलाई रामचन्द्र पौडेल र शशांकको समर्थन छ : शेखर कोइराला
काठमाडौँ : नेपाली कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले भागबन्डा, गुटबन्दीरहित कांग्रेस बनाएर सबैलाई समेट्दै तीनवटै तहको निर्वाचन जित्ने गरि अघि बढ्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोईरालाले अनुभव र उर्जाले भरिएको आफ्नो टिमलाई जिताउन आग्रह गर्दै महाधिवेशनपछि सबैलाई समेटेर तीनवटै तहका निर्वाचन जित्ने गरी अघि बढ्ने बताएका हुन् ।
उनले आफुलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, शंशाक कोईरालाको साथ रहेको दावी गरेका हुन् । उनले अहिले पार्टीभित्र नेतृत्वका लागि समूह देखापरेपछि महाधिवेशनपछि कांग्रेस एक ढिक्का हुने बताए । उनले आफुले नयाँ कार्यक्रम, नयाँ विचार, नयाँ सोचका पार्टीलाई एकतावद्ध भएर अघि बढाउने धारणा राखे ।
पत्रकार सम्मेलनमा कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले युवालाई जोड्ने संकल्पका साथ कोइरालाको प्यानल रोजेको बताए । उनले एमालेजस्तो गोजीबाट नाम निकालेर पदाधिकारी चयन गर्ने पार्टी कांग्रेस नभएको भन्दै लोकतान्त्रीक पार्टीभित्र निर्वाचनको परिणामलाई स्वीकार गर्नुपर्ने बताए । उनले सभापतिमा निर्वाचित भएको दिनबाट गुटको नभई सिंगो कांग्रेसको सभापति बन्न कोईरालालाई सुझाव दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया