संसदमा नाराबाजी र घेराऊको पुरानै दृश्य मञ्चन हुने
एमालेले संसदीय रणनीतिबारे भोलि दलबाट निर्णय लिने

काठमाडौं - प्रमुख विपक्षी एमालेको अवरोधै–अवरोधका कारण अघिल्लो अधिवेशन ५१ दिन गुज्रेको थियो । भोलिदेखि शुरु हुने दशौं अधिवेशनमा पनि लगभग पुरानै दृश्य मञ्चन गर्ने तयारीमा एमाले छ ।
‘संसद्मा कसरी प्रस्तुत हुने र अघि बढ्ने भन्नेमा संसदीय दलबाटै निर्णय हुन्छ’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले इकागजसँग भने । संसद्मा अपनाइने रणनीतिका विषयमा छलफल गर्न प्रमुख विपक्षी एमाले संसदीय दलको बैठक ११ बजे बोलाइएको छ ।
‘हाम्रा मागमा कुनै सम्बोधन भएको छैन’ भट्टराईले भने, ‘हाम्रो माग सम्बोधन नभएसम्म संसद् घेराऊको कार्यक्रम जारी रहन्छ नै । यतिखेरसम्म स्थिति हेर्दा पूर्ववत् स्थितिमा कुनै फेरबदल नआएको हुँदा अवरोधकै बाटोमा जाने स्थिति छ । यद्यपि निर्णय चाहिँ दलबाटै हुन्छ ।’
एमालेले सभामुख अग्निप्रसाद सापकोटाले पदीय आचरणअनुरुप काम नगरेको जिकीरसहित सभामुखकै राजीनामा माग गर्दै संसद् घेराऊ गरेको थियो । अघिल्लो नवौँ अधिवेशन ५१ दिन चलेको थियो । रोष्ट्रम घेराऊ नाराबाजीबीच १३ वटा बैठक बस्यो । जम्माजम्मी ५ घन्टा ४० मिनेट मात्र संसदीय काममा समय व्यतित भएको थियो ।
यसपालि पनि प्रमुख विपक्षीसँग कुनै छलफल नगरीकन संसद् अधिवेशन बोलाइएको छ । ‘हामीसँग किन संसद् बोलाइयो भन्ने विषयमा कुनै छलफल भएको छैन’ भट्टराईले भने, ‘हामीलाई एकरत्ति सूचना प्राप्त छैन । सभामुख पनि हामीसँग छलफल गर्न नै चाहनुहुन्न । सभामुखले कुनै संवाद नै गर्नु भएको छैन । सभामुख साझा व्यक्ति बन्न नै सक्नुभएको छैन ।’

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया