१८ लाख रुपैयाँसहित दुई जना पक्राउ

पर्सा : वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित सडकबाट स्रोत नखुलेको नगद १८ लाख रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–१० ठेगाना भएका २८ वर्षीय चन्दन कुमार साह र सोही ठाउँ ठेगाना भएका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् ।
घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना. १६ प ५४४६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकेको उक्त नगद सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया