अवैध लागूऔषधसहित थमकली पक्राउ

रोल्पा - सुनिलस्मृती गाउँपालिका–४ सुलिचौर बजारबाट करिब १० किलो अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु सहित थवाङ गाउँपालिका-४ उवा मालागिरी बस्ने ५२ वर्षीया थमकली घर्तीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनछहरी गाउँपालिका–१ फुलिवनबाट सुलिचौरतर्फ आउँदै गरेको रा १ ज ४०५ नम्बरको जिपलाई ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिपमा सवार उनको साथबाट उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका–६ नकैया नजिकबाट करिब १० ग्राम ४ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो धुलो पदार्थ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत पिलिभित तहसिल पुरनपुर थाना हजारा ग्राम बजारघाट बस्ने १९ वर्षीय राम सिंह र भारत उद्धमसिहनगर थाना नानकमत्ता ग्राम ज्ञानपुर गौरी बस्ने २३ वर्षीय धरमबिर सिंह रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया