बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

बडुवाल हत्या आरोपीलाई धरौटीमा छाडेको भन्दै प्रदर्शन

कैलाली - भूपेन्द्र बडुवाल हत्या प्रकरणका आरोपीलाई धरौटीमा छाडेको भन्दै जिल्ला अदालत अगाडि आफन्तहरुले आज प्रदर्शन गरिरहेका छन् । 

बडुवालका आफन्तहरुले र्‍याली सहित बजार परिक्रमापछि जिल्ला अदालत अगाडि आरोपीलाई धरौटीमा छाडेको विरोध र कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्।

कात्तिक २३ गते मंगलबार राति लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको टिकापुर नगरपालिका स्थित सिद्धार्थ होटेल नजिकै चक्कु प्रहार गरि हत्या भएको थियो। 

हालसम्म बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। यस्तै हत्या अभियोग लागेका ९ जना भने अझै फरार रहेको प्रहरीले बताएको छ ।