देउवा अक्षम हुँदा म पार्टी सभापतिमा उठेँ : प्रकाशमान सिंह

काठमाडौँ- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व अक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताएका छन् ।
उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताएका हुन् ।
सभापतिका उम्मेदवार सिंहले भने, ‘साँचै भनौँ भने यो १४ औँ महाधिवेशन बहुदलीय व्यवस्थाको पुनर्बहाली पछि २०४८ सालदेखि महाधिवेशनको अनुभव गरेका छौँ । यसपटक नेतृत्वको असक्षमता, नेतृत्वको असफलता, पार्टीलाई विधानले निर्देशित गरेका कार्यहरु गर्न नसकेको कारणले क्रियाशील सदस्यतामा पनि ढिलो भयो । नियमहरुमा मनपर्दी गरेर समयावधि सकिसकेपछि महाधिवेशन गरिएको छ ।’
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमाा सञ्चालन भइरहेको छ । आज (सोमबर) पार्टी नेतृत्व चयनको लागि मतदान भईरहेको छ । पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवा, डा. शेखर कोईराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याणकुमार गुरुङ चुनावी प्रतिष्पर्धामा छन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया