बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

१३ औँ महाधिवेशनमा पनि ११ मत नपुगेर दोस्रो चरणको चुनावमा गएका थिए देउवा

काठमाडौँ - नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा पनि देउवाको ११ मत कम हुँदा दोस्रो चरणमा सभापतिको निर्वाचन भएको थियो ।  

१३औँ महाधिवेशनमा देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला सभापतिका लागि चुनावी मैदानमा थिए । ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणमा देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको थियो । 

१३औँ महाधिवेशनको पहिलो चरणमा देउवाको १५४६ मत आएको थियो । उनले ५० प्रतिशतभन्दा बढी मत पाउन सकेनन् । कांग्रेसको विधानमा सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउनै पर्छ । देउवालाई जित्नका लागि १५ सय ७५ मत आवश्यक थियो । 

यस्तै पौडेल ११ सय ६० मत ल्याएर दोस्रो भएका थिए भने सिटौलाले तीन सय २४ मत पाएका थिए । दोस्रो चरणमा तेस्रो हुने सिटौलाले पहिलो हुने देउवालाई सहयोग गरेपछि देउवा सभापतिमा निर्वाचित भएक थिए ।

 दोस्रो चरणमा देउवाले १८ सय २२ मत प्राप्त गरेर विजयी भएक थिए । त्यसैगरि पौडेलले एक हजार २५६ मत पाएका थिए ।