कांग्रेस महाधिवेशन : जम्मा ४६८१ मत खस्याे, सभापतिको मत गणनास्थल ल्याइयो

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत नेतृत्व चयनको लागि भएको मतदान सम्पन्न भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान मतपत्र तयार नभएपछि ११ बजेमात्रै सुरु भएको थियो । साँझ ५ बजेसम्मको लागि तोकिएको मतदान समय पटक पटक थपेर राति ११ः३०सम्म पुर्याइएको थियो । कांग्रेसमा जम्मा ४७४३ महाधिवेशन प्रतिनिधिले मत हाल्ने अधिकार पाएका थिए । यी मध्ये ४६८१ मत मात्रै खस्याे ।
तीन वटै मतदान केन्द्रमा मुचुल्का उठाएपछि सभापतिको मत गणना सुरु हुने निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । अहिले मतपत्रसहितको बन्द ट्यांकी मत गणनास्थलमा लैजान थालिएको छ । निर्वाचन समितिले मत गणनाको लागि राष्ट्रिय सभा गृहमा गणनास्थल तयार पारेको छ । अन्यको पदका लागि खसेको मत भने मुचुल्का उठाएर पार्टी कार्यालय सानेपा लैजाने बताइएको छ । बिहान ६ बजेसम्ममा सभापतिको अन्तिम नतिजा आउने बताइएकाे छ ।निर्वाचन समितिले पुस ३ गतेभित्र सबै उम्मेदवारको मत परिणाम सार्वजनिक गरिसक्ने योजना रहेको जनाएको छ ।

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

प्रतिक्रिया