देउवाले ५० प्रतिशत कटाउन सकेनन्, पुनः मतदान हुने

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवारको ५१ प्रतिशत नपुगेपछि सभापतिका लागि पुन मतदान हुने भएको छ । सभापतिका उम्मेदवार पाँच जनामा बढी आउने दुई जनाबीच प्रतिष्पर्धा हुन लागेको हो ।
सभापतिका लागि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ । खसेको कुल ४६७९ मध्ये देउवाले २२५८ मत पाए भने कोइरालाले १७२९ मत पाएका थिए । कांग्रेसको विधानमा सभापतिका लागि कुनै उम्मेदवारको ५१ प्रतिशत नपुर्याए पुनः मतदान गर्नुपर्ने प्रावधान छ ।
सोमबार भएको निर्वाचनलगतै राति नै सभापतिको मतगणना सुरु भएको थियो । निर्वाचन समितिल ५१ प्रतिशत नपुगे मंगलबार नै सभापतिका लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने हुनाले सभापतिको मात्रै मतगणना गरेको जनाएको छ । मतदान आजै हुने समितिले जनाएको छ ।
दोस्रो चरणमा हुने मतदानमा सभापतिका अन्य आकांक्षी प्रकाशमान सिंह, विमलेन्द्र निधिले कसलाई सहयोग गर्छन् त्यसकै पल्ला भारी हुने निश्चित छ । निधि र सिंहले देउवाको विरुद्ध एक हुने बताइसकेका छन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया