शेखरले मैदान नछाड्ने, अन्तरमनको आवाज सुनेर मत दिन प्रतिनिधिलाई आग्रह

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दोस्रो सभापति निर्वाचनमा डा.शेखर कोइरालाले मैदान नछाड्ने बताएका छन् । आफ्ना समूहमा रहेका नेताहरुसँगको आन्तरिक छलफलपछि कोइरालाले दोस्रो चरणको चुनावको सामना गर्ने बताएका हुन् ।
संस्थापन इतरसमूहका नेताहरूको समेत साथ नपाएपछि शेखर निकटस्थहरुको बैठक नक्सालमा बसेको थियो । उक्त बैठकमा कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन र रुपान्तरणको एजेन्डालाई कमजोर हुन नदिने बताए । उनले कांग्रेस प्रतिनिधिलाई अन्तरमनको आवाज सुनेर भोट हाल्न आव्हान गर्ने भएका छन् । शेखरले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया