प्रतिनिधिसभा बैठक- एमालेको नाराबाजीकै बीच मौनधारण
काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका बेला मौनधारण गरिएको छ ।
राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका बेला मौनधारणका लागि आग्रह गरिएको थियो ।
सभामुख सापकोटाले ज्ञात अज्ञात सहिदको सम्मानका लागि मौनधारण गर्ने बताएपछि नाराबाजी रोकेर एमाले सांसदले पनि मौनधारण गरे ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।
मंगलबारबाट सुरु भएको १०औँ अधिवेशनको पहिलो बैठकमा पनि उनीहरुले नाराबाजी गरेका हुन् । नाराबाजीकै बीच सभामुखले संसद्को कारबाही अघि बढाएका छन् ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया