सरकारविरुध्द विप्लवसहित चार पार्टीबीच संयुक्त मोर्चा निमार्ण गर्ने सहमति

काठमाडौं : चार पार्टीबीच संयुक्त मोर्चा निमार्ण गर्ने सहमति भएको छ । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव, वैद्य समूहका महासचिव मोहन वैद्य किरण, नेकपाका ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुति समूहबीच संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेका हुन् ।
'वर्तमान दलाल तथा प्रतिक्रियावादी ससदीय व्यवस्था र नेपाली श्रमजीवि जनताबीचको अन्तरविरोध चर्कंदै गएको छ । दलाल तथा प्रतिक्रियावादी पुँजीवादका विभिन्न गुटहरुका बीचमा पनि अन्तरविरोध चर्कंदै गएको छ' जारी विज्ञप्तिमा भनिएको छ 'दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको हो ।'
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम निरकुश एवं फासिवादी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक भएको विज्ञप्तिमा उल्लेख छ । 'अहिले देश र जनताले भोगेका समस्याहरुको वास्तविक जनपक्षीय समाधान संसद् पुनस्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र केवल सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन । यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र/वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया