हिजाेसम्म देउवा काम छैन, आज देउवा नभई हुँदैन: निधि र सिंह

काठमाडौँ - सोमबार भएको कांग्रेस महाधिवेशनको मतदानपछि विमलेन्द्र निधि र प्रकाशमान सिंहले अर्को चरणमा चुनाव भए शेरबहादुर देउवाविरुद्ध एक हुने बताएका थिए ।
सञ्चारकर्मीसँगको प्रतिक्रियामा नीधि र सिंहले पार्टीमा शेरबहादुर देउवाको ज्यादती धेरै भएकाले उनकोविरुद्ध लाग्ने बताए । तर आज मतपरिणाम आउनासाथ दुवैको बोली एकाएक फेरिएको छ । ८२ मत कम आएर देउवाको ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणको निर्वाचन हुने भएपछि दुवैको बोली फेरिएको हो ।
दोस्रो चरणको निर्वाचनमा हिजोको बोली भुलेर निधि र सिंहले देउवालाई नै समर्थन गर्ने बताएका छन् । उनीहरुले हिजो के बोले भन्ने नै बिर्सिएर आज समर्थन गरेको उल्लेख गरेका छन् ।
सिंहले त देउवाले सबै कुरामा विचार गर्ने र नम्बर वान पार्टी बनाउने बताएपछि समर्थन गर्ने बताए । यता निधिले पनि धेरै मत आएका कारण देउवालाई समर्थन गरेको उल्लेख गरेका छन् ।
विगत केही समयदेखि देउवाविरुद्ध आक्रमक देखिएका निधि र सिंहको यो 'युटर्न'ले कांग्रेसी कार्यकर्ताहरु भने निराश भएका छन् । संस्थापनइतर समूहकै भएर दोस्रो चरणमा देउवालाई हराउने अभियानमा लागेका इतर समूहका सभापतिका दाबेदार नै देउवाको समर्थनमा पुगेपछि कार्यकर्ता निराश भएका हुन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया