विदेशी मुद्राले नेपाली बैंकमा खाता खोल्न पाइने
खातामा न्यूनतम पाँच हजार अमेरिकी डलर हुनुपर्ने

काठमाडौँ- गैर आवाशीय नेपालीले विदेशी मुद्राबाट नेपाली बैंकमा खाता खोल्न पाउने भएका छन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापानी येन र चिनिया युआनले खाता खोल्न पाइने भएको हो । खाता खोल्दा न्यूनतमा ५ हजार अमेरिकी डलर वा सो बराबरको रकम निक्षेप हुनुपर्ने छ ।
राष्ट्र बैंकको २०७८ मङ्सिर १४ गतेको पत्रअनुसार गैर आवासीय नेपाली तथा गैर आवासीय नेपाली आवद्ध संस्थाहरूले खाता खोल्न पाउने भएका छन् । खाता खोल्न आवश्यक परेमा थप जानकारी बैंकहरूले जानकारी उपलब्ध गराउनेछन् ।
यो सँगै विभिन्न मुलुकमा रहेका नेपालीहरूले अबदेखि सहजै विदेशी मुद्राबाट बैंकमा खाता खोल्न पाउने भएका छन् । बैंकहरूमा विदेशी मुद्राहरू सञ्चित हुने भएको छ । जापान, चीन, अष्ट्रेलिया, अमेरिका र बेलायतमा रहेका नेपालीहरू यसबाट लाभान्वित हुने भएका छन् ।

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रतिक्रिया