देउवाले कार्यशैली परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता गरेपछि समर्थन गरेँ : प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा सभापतिको उम्मेदवार बने पराजित बनेका प्रकाशमान सिंहले सभापतिमा शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको दाबी गरेका छन् । सिंहले आज एक विज्ञप्ति जारी गर्दै कुनै पद लिने सम्झौता भएर देउवालाई सभापतिमा समर्थन नगरेको बताएका हुन् ।
‘नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको हुँ,’ उनले भनेका छन् ‘निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपुर्ण समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
सिंहले पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउने देउवाले आगामी दिनमा आफ्नो कार्यशैली परिवर्तन गरेर अघि बढ्ने बताएकोले समर्थन गरेको पनि बताएका छन् ।
‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ,’ उनले भनेका छन्,‘कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु ।’

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

प्रतिक्रिया