बागमतीमा ५ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
हेटौंडा - बागमती प्रदेशमा नियुक्त भएका पाँच जना मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । प्रदेश प्रमुख यादब चन्द्र शर्माले मन्त्रीहरुको सपथग्रहण गराएका हुन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका सांसदहरु घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण, रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीका बसन्तकुमार मानन्धरले खानेपानी, उर्जा तथा सिँचाई, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । । कृषि तथा पशुपंछी राज्यमन्त्रीमा नेकपा एस की इन्द्रमाया गुरुङलाई नियुक्त गरिएको छ ।
पाण्डेले पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्ण खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाएका थिए ।
दोस्रो चरणमा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई आर्थिक मामिला मन्त्री र कांग्रेस सांसद निमा लामालाई स्वास्थ्यमन्त्री बनाएका थिए । बागमती प्रदेशमा भएको ८ वटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ । मंगलबार ५ मन्त्री र एक राज्यमन्त्री थप भएसँगै प्रदेशमा ११ जना फुल मन्त्री बनेका छन् । बाँकी ३ मन्त्रालय भने नेपाली कांग्रेसलाई राखिएको छ । मुख्यमन्त्री पाण्डेले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्दा कांग्रेसले मन्त्री बन्नेको नाम उपलब्ध गराएको थिएन ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया