सुदूरपश्चिममा थप १२ जनालाई सङ्क्रमण पुष्टि

धनगढी - सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट ३६९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पिसिआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा नौ र महाकाली अस्पतालमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट बैतडी र कैलालीमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै विगत २४ घण्टामा प्रदेशभर ६ जना कोरोनाबाट निको भएका छन् । सो अवधिमा सुदूरपश्चिममा कोरोनाबाट एक जनाको ज्यान गएको छ । यसअघि सोमबार सो प्रदेशमा नौ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ६१२ जनाको मृत्यु भइसकेको छ । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया