बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु
बेलायत- बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेका छन् । ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्नाहरुमा कम्तीमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको छ, 'प्रधानमन्त्रीले पश्चिम लन्डनको प्याडिंगटनमा रहेको खोप क्लिनिकको भ्रमणको क्रममा भनेका छन् ।
यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताए । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने चेतावनी दिएका थियो । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ ।
बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् । सङ्क्रमणहरू प्रत्येक दुईदेखि तीन दिनमा दोब्बर हुँदै गइरहेको छ । यसको फैलावटको दर “हामीले पहिले कहिल्यै नदेखेको कुरा हो ’ उनले भनेका छन् ।
बेलायतमा हिजो एक दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित देखा परेका छन् यसैसँगै एक करोड ८७ लाख तीन हजार ४६८ जना पुगेको सोमबार जारी गरिएको आधिकारिक तथ्याङ्कमा जनाइएको छ । यसै अवधीमा कोरोनाभाइरस सङ्क्रमणको कारण ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट बेलायतमा एक ४६ हजार ४७७ जनाको मृत्यु भएको छ । अझै पनि बेलायतमा सात हजार ३७२ जना अस्पतालमा नै उपचाररत रहेका छन् । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया