जिनाब्रीको ह्याट्रिकसँगै बायर्नको सहज जित
काठमाडौँ- अट्याकर सर्जी जिनाब्रीको ह्याट्रिक र रोबर्ट लेवाण्डोस्कीको दुई गोलमा बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा सहज जित पाएको छ । मंगलबार राति भएको खेलमा जिनाब्रीको ह्याट्रिक र लेवाण्डोस्कीले दुई गोलमा भ्रमणकारी टोली बायर्नले भीएफबी स्टुटगार्डलाई ५-० अन्तरले पराजित गर्यो ।
स्टुटगार्डको घरेलु मैदान मार्काडेज बेन्च एरिनामा भएको खेलमा ४०औँ मिनेटमा जिनाब्रीले सुरुआती अग्रता बनाए । ५३औँ मिनेटमा जिनाब्रीले दोहोरो अग्रता दिलाए । ६९औँ मिनेटमा लेवाण्डोस्कीले व्यक्तिगत पहिलो गोल गरे भने ७२ औँ मिनेटमा लेवाण्डोस्कीले दोहोरो तथा टोलीको लागि ४–० को अन्तर बनाए । खेलको ७४ मिनेटमा जिनाब्रीले ह्याट्रिक तथा टोलीको लागि पाँचौं गोल गरे ।
जितसँगै बायर्नले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ । बायर्नकाे १६ खेलमा ४० अंक छ । एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको डर्टमण्डसँग ३१ अंक छ । पराजित स्टुटगार्ड भने समान खेलबाट १७ अंक बनाउँदा १५औँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया