वेस्ट इन्डिजविरुद्ध पाकिस्तानलाई टी-२० शृंखला
काठमाडौँ- भ्रमणकारी टोली वेस्ट इन्डिजलाई दोस्रो टी-२० क्रिकेटमा पराजित गर्दै घरेलु टोली पाकिस्तानले शृंखलामा कब्जा जमाएको छ । मंगलबार कराँचीमा भएको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले पराजित गरेको हो । यससँगै पाकिस्तानले तीन खेलको शृंखला एक खेल अगावै २–० अन्तरले आफ्नो पक्षमा पारेको हो ।
पाकिस्तानले दिएको १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र १६३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि ब्राण्डन किङले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।
पाकिस्तानका इफ्तिखर अहमेदले सर्वाधिक ३२ रन जोड्दा हेइदर अलीले ३१ रनको योगदान गरे । वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिए ।
यस अघि पहिलो खेल पाकिस्तानले ६३ रनले जितेको थियो । दुई टोलीबीचको अन्तिम टी–२० खेल भोलि बिहीबार हुनेछ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया