बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

पाठेघरको ट्युब ब्लक हुँदा आइभीएफ अन्तिम विकल्प हो?(भिडियोसहित)

सर्वप्रथम डिएचएल भनेको के हो? डायग्नोष्‍टिक वा डायग्‍नोषिस गर्ने भनौ पत्ता लगाउने हिस्टेरो भन्नाले पाठेघरको भित्र त्यसलाई दूरबीनको माध्यमबाट हेर्ने गर्नुपर्छ । डिएचएल डायग्‍नोष्‍टिक इन्फर्टिलिटी ल्याप्रोस्कोपी बाँझोपनमा यसको महत्त्व के छ  ? यसबारेमा बुझ्‍न जरुरी छ ।

यो उपचार विधि परिवारमा निसन्तानको समय लामो समयसम्म समस्या देख्यो यसलाई प्रयोग गर्न सकिन्छ । यो किन महत्त्वपूर्ण छ भने उसको डिम्बाबाट अण्डकोष फुटिरहेको छ । श्रीमानको वीर्य पनि राम्रो हुँदा पनि महिला गर्भवती हुन सकेको छैन भने सेवाग्राहीलाई डिएचएलको सेवा उपलब्ध गराउँछौ ।

डिएचल गर्दा सेवा लिन आएकाहरूमा समस्या भएमा धेरै कुराहरु पत्ता लगाउन सकिन्छ । पाठेघरको भ्रुण बस्ने ठाउँ छ कि छैन । पाठेघरको ट्युब बल्क छ छैन साथसाथै पाठेघरको अन्य अंगहरूको अवस्था कस्तो छ त्यो पनि पत्ता लगाउन सकिन्छ ।

हिस्टोरी सेल्फिङग्राफीले पनि पत्ता लगाउन सकिन्छ तर हाम्रो लागि डिएचल नै महत्त्वपूर्ण रहन्छ । हिस्टोरी सेल्फिङग्राफी भन्नाले एउटा 'ड्राइ' पाठेघर भित्र पठाउने गरिन्छ । त्यसबाट ट्युब ब्लक छ कि छैन देखिन्छ । हिस्टोरी सेल्फिङग्राफी भन्दा डिएचल महत्त्वपूर्ण छ । सेल्फीग्राफीले ट्युब ब्लक छ कि छैन त्यसको मात्र पत्ता लगाउन सक्छ । डिएचलले ट्युब खुल्ला छ कि छैन पाठेघरभित्र कस्तो छ ट्युब ब्लक र डिम्बाको सम्बन्ध कस्तो छ त्यो पनि थाहा पाउन सक्छ ।

डायग्नोष्‍टि ल्याप्रोस्कोपी मात्र गरेर अगाडि बढिदैन । बीचमा केही समस्या देखियो एन्डोमेट्रोसियस, हाइड्रोसेल्भिक्स लगायतका अन्य समस्याहरू देखिएमा तत्कालै उपचार विधि अगाडि बढाउने गर्छौ ।

डायग्‍नोष्‍टिक हिस्टोरिकल ल्याप्रोस्कोपी गर्दा कत्रो दुलो बनाइन्छ भने चिरेर गरेको शल्यक्रिया जस्तो दुखाई हुदैन । शल्यक्रिया गृहमा लगेर सामान्य बेहोस बनाएर पाठेघरको भित्री अवस्था हेर्छौ ।

सानो पाँच एमएमको दुलो बनाएर पाठेघरमा वा डिम्बाकोषमा कतै समस्या छ छैन भनी हेर्ने गरिन्छ । ट्युबमा बल्क वा अन्य के समस्या छ त्यसलाई सहजै हेर्न सकिन्छ ।

ट्युब ब्लक छ भने ल्याप्रोस्कोपीको माध्यमबाट त्यसमा लागेको ब्लक खोल्न सकिन्छ । जनमानसमा ट्युब बल्क भएमा आइभीएफ नै गर्नुपर्छ भन्‍ने छ ?

६० प्रतिशत मानिसको ट्युब ब्लक भएमा हामीले खुलाउन सकिन्छ । ब्लक खुलाएको तीनदेखि छ महिनासम्म नर्मल ट्रिगर गर्न भनी पुनः बच्‍चाको लागि कोशिश गर्न भन्छौ ।

यदि तीनदेखि छ महिनासम्म पनि पेटमा बच्चा बसेन भने बच्चा पाउनका लागि विभिन्‍न उपाय अपनाएर उपचार प्रक्रिया अगाडि बढाइन्छ । सन्तान भएन भनेर ट्युब ब्लकका लागि आईभीएफ उपचार गर्नुपर्छ भन्‍ने धारणा गलत हो ।

ट्युब बल्क हुने कारणहरू एन्डोमेट्रेडोसका कारण पनि हुन सक्छ । इन्फेक्सन भएको छ भने पनि हुन्छ । कतिपय अवस्थामा कुनै पनि कारण नहुँदा पनि आफै बल्क हुने गर्छ ।

युवावस्थामै बाझोपन देखिएको हुन सक्छ । समयमा उपचारको लागि नजाने गरेकाले ३० वर्ष उमेर समूह पुगेपछि उपचारको लागि आउने गर्नुहुन्छ । विवाह भएको एक वर्षपछि आउने गरेको भेटिएको छ । ३० वर्ष माथिका महिलाहरूलाई निसन्तानको उपचार गर्न आउने गरेको पाइएको छ । सुरुमा वहाँहरूमा समस्या थिएन भन्ने होइन । परीक्षणका लागि ढिलो आउनुभयो भन्‍ने मात्र हो ।

पछिल्लो समय निसन्तानको समस्या बढिरहेको छ । यसका धेरै कारणहरू छन् जस्तैः वातावरण, प्रदुषण, जीवनशैली, मद्यपान र धुम्रपान जस्ता बानीहरूले पनि असर गर्छ । चिन्ता लिने,धेरै गर्मीमा काम गर्ने र ल्यापटपमा धेरै बस्ने पुरुषहरूमा निसन्तान दरको समस्या बढ्दो छ ।

महिलाहरूमा निसन्तान दरको संख्या बढ्नुमा मोटोपना र खानेकुराहरू पनि मुख्य समस्या हो । जंक फुड खानुहुदैन र अर्को महत्त्वपूर्ण कुरा भनेको ढिलो विवाह गर्नु पनि हो । यी कारणले दुवै महिला र पुरुषमा निसन्तानदरको संख्या बढेको छ ।

आइभीएफ गर्ने महिलाको लागि पनि डायग्‍नोष्‍टिक हिस्ट्रो ल्याप्रोस्कोपीको किन महत्त्व छ भने पाठेघर राम्रो छ कि त्यसलाई हेर्न सकिन्छ । पाठेघरमा मासु पलाएको छ भने त्यतिखेर उपचार गरि हटाउन सकिन्छ ।

श्रीमान र श्रीमतीको सम्बन्ध एक वर्षसम्म रहदा पनि बच्चा भएन भने किन बच्‍चा भएन भनेर परीक्षण गर्छौ । सन्तान नहुनुमा महिला र पुरुष दुवैको भूमिका हुने गर्छ । किन यस्तो समस्या हुन्छ त्यसको बारेमा हामी सबै अध्ययन गर्छौ । महिला वा पुरुषमा केही समस्या छैन भने साधारण तरिकाले उपचार प्रक्रिया अगाडि बढाउँछौ । त्यसले भएन भने आइवाई दिएर पनि उपचार गरिन्छ ।

सन्तान उत्पादनका लागि विभिन्‍न उपाय अपनाइन्छ । महिलालाई औषधि दिएर अल्ट्रासाउण्डबाट अण्डा बढेको छ, छैन हेर्छौ र अण्डा बढेर २० एमएम पुगेको छ भने एरीगरी इन्जेक्सनमार्फत दिन्छौ । पुरुषको वीर्य वास गरेर पाठेघर भित्र पठाइन्छ । गर्भ बस्छ बस्दैन त्यसका लागि पर्खने गर्छौ । त्यसले गर्दा पनि भएन भने आईभीएफमा जाने गर्छौ । आइभीएफ भन्नाले इन्फर्टिलिटाइजेसन भनेर बुझ्नुपर्छ । महिलाको परीक्षण गरेपछि महिलाको अण्डा वृद्धि गर्ने गरिन्छ ।

महिलाको अण्डा र पुरुषको वीर्यलाई बाहिर फर्टीलाइज गरेर तीन दिन पछाडि महिलाको पाठेघरमा हालिन्छ । यसरी गर्दा ६० प्रतिशत सम्म सफल भएको उदाहरणहरू भेटिएको छ । नर्मल ९ देखि १० महिनासम्म बच्चा हुने गर्छ । निसन्तान हुनुमा महिला जिम्मेवार भए जस्तै पुरुष पनि उत्तिकै जिम्मेवार रहन्छन् । अस्पतालमा परीक्षण गर्न जाँदा दुवैजना जानुपर्छ ।

कुराकानीमा आधारित डा. नेहा हुँमागाई मैनाली अल्का अस्पतालमा कार्यरत छिन् ।