महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु कांग्रेसले हटायो

काठमाडौँ- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ ।
बुधबार १४ आँै महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो ।
नेपाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्माले बताए ।
उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरुको सरसफाई थालिएको बताए । पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाई गरिएको हो ।
नेता शर्माले भने, ‘प्रचारप्रसार सामग्रीहरु जति हामीले टाँसेका थियौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको क्रममा प्रचारप्रसार भयो । केन्द्रीय प्रचारप्रसार समितिले उपत्यकाव्यापी जुन एक हप्ते प्रचार अभियान गरेको थियो । त्यस क्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत सबै साथीहर मिलेर हामी सरसफाई गर्ने क्रममा लागेका छौँ । प्रदर्शनीमार्गमा हामीले सबै सामग्री सफाई गरेका छौँ ।’
मंसिर २४ गतेबाट शुरु भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ । अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना भने बाँकी छ ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया