सरकारको पूर्णतापछि मात्रै संसद् बोलाउँछौँ : मुख्यमन्त्री राई

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारलाई पूर्णता दिएर मात्रै प्रदेश १ को संसद् बैठक बोलाउने बताएका छन् । संसद् सुरु भएपछि नामाकरणको छलफल सुरु गर्ने तर नामाकरणको विषय टुंगिन समय लाग्ने उनले बताएका हुन् ।
मुख्यमन्त्री राईले मन्त्रीमण्डल ९ वा ११ को संख्यामा बन्नेसमेत जानकारी दिए । मन्त्रीमण्डल विस्तार गरेपछि संसद् बैठक बोलाउने उनले बताए । मुख्यमन्त्री राईले सत्ता गठबन्धनका दलहरू महाधिवेशनमा व्यस्त भएकाले सरकार विस्तार सम्बन्धि छलफल हुन नसकेको बताएका छन् । उनले मन्त्रीमण्डल विस्तारबारे गठबन्धनबीच चाँडै छलफल हुने जानकारी दिए ।
‘सरकारले पूर्णता पाइसकेपछि हामी संसद् बोलाउँछौं’ उनले भने, ‘गठबन्धनभित्रको ठूलो दल नेपाली कांग्रेसका सांसदहरू आफ्नो महाधिवेशनमा इन्जेग भएको हुनाले यसबारेमा छलफल गर्न सकिएन, त्यस कारण ढिलो भएको छ ।’
मुख्यमन्त्री राईले मन्त्रालय विस्तारका लागि आन्तरिक तयारीहरू गरिरहेको बताए । मन्त्रालय विस्तारअघि सरकारी निवासहरू खोज्ने, सवारी साधनको व्यवस्था गर्ने र मन्त्रालय राख्नका लागि ठाउँहरू खोज्ने काम भइरहेको जानकारी दिए ।
मुख्यमन्त्री राईले अहिले कायम रहेकै मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् । सरकारमा रहेको पाँच दलीय गठबन्धनबीच मन्त्रालयको भागबण्डा नटुंगिएका कारण उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय विभागीय मन्त्रीविहिन छन् । तर मुख्यमन्त्री राईले ती मन्त्रालय गठबन्धनभित्रका कुन पार्टीको भागमा पर्ने भन्ने टुंगो नहुँदै आफु निकट कार्यकर्ताहरूलाई नियुक्त गर्न थालिसकेका छन् ।

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

प्रतिक्रिया