सरकार नगलेसम्म विरोध प्रदर्शन जारी रहन्छ : श्रेष्ठ

काठमाडौं : राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नारायणकाजी श्रेष्ठले सरकार नगलेसम्म मुलुकमा प्रदर्शन हुने बताएका छन् । नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको विरोध सभालाई सम्बोधन गर्दै मंगलबार उनले प्रतिगमनविरुद्ध सबै एकजुट हुनसमेत आह्वान गरे ।
‘प्रतिगमनको प्रयासलाई परास्त गर्न हामी सबै एकजुट हुनुपर्छ’,उनले भने,‘हामी शान्तिपूर्ण ढंगले त्यो बिन्दुसम्म विरोध पदर्शन गर्छौँ जुन बिन्दुसम्म सरकारले गरेको कदम असफल भएर प्रतिनिधिसभा सक्रिय रूपमा सुचारु हुने अवस्थामा पुग्ने छैन।’
सबै नेपालीहरू एकजुट नभएसम्म प्रतिगमनका प्रयासहरू असफल नहुँनेसमेत श्रेष्ठले प्रष्ट पारे। उनले भने, ‘यो पदर्शनलाई शान्तिपूर्ण ढंगले विशाल जनसहभागितामा सम्पन्न गर्न म सबैमा आग्रह गर्न चाहन्छु।’

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया