दोस्रो टेस्टअघि संयमित देखिएको अस्ट्रेलिया
काठमाडौँ- अस्ट्रेलियन टेस्ट टिमका कप्तान पाट कमन्सले इंग्ल्यान्डसँगको दोस्रो टेस्टमा जोस हेजलउड नहुने भएपनि डेभिड वारनर भने उपलब्ध हुने बताएका छन् । पहिलो टेस्ट दौरान घाइते भएका वारनरले एडलेइडमा हुने दोस्रो टेस्ट गुमाउलान् कि भन्ने चिन्ता अस्ट्रेलियन समर्थकमा थियो । तर कप्तान कमन्सले वारनर खेलका लागि फिट भएको जानकारी दिएका हुन् ।
‘यो खेलका लागि वारनर तयार छन् । अभ्यास दौरान उनले ब्याटिङ गरे । केही असहज महशुस गरेपनि उनी दोस्रो टेस्टबाट बाहिर रहन चाहेका छैनन् । हजारौँ समर्थकअघि खेल्न उनी त्यत्तिकै पनि तयार हुन्छन्,’ कमन्सले भनेका छन् ।
वारनरको उपस्थितिले अस्ट्रेलियन टिमका लागि सुखद समाचार भएपनि कमन्सका लागि हेजउडको चोट चिन्ताका विषय बनेको छ । पिंक बल टेस्टमा प्रभावशाली सावित भइरहेका हेजलउडलाई अब जाय रिचार्डसनले प्रतिस्थापन गर्नेछन् । रिचार्डसन लामो समयपछि टेस्ट टिममा फर्कन लागेका हुन् ।
‘हाम्रो बेन्च बलियो छ । हेजलउड नहुँदा रिचार्डसन जस्ता खेलाडी टिममा आउछन्, यसले पनि हामी कति बलियो छौँ भन्ने देखाउँछ । रिचार्डसनले घरेलु क्रिकेटमा राम्रो खेल देखाइरहेका छन् । उनीसँग खेललाई नियन्त्रणमा राख्न सक्ने ल्याकत छ । उनले हेजलउडको खेल बिर्साउने गरी खेल्न सक्नेछन् भन्नेमा म आशावादी छु,’ कमन्सले भनेका छन् ।
‘डे–नाइट’ टेस्टमा अस्ट्रेलियाको अनुभव अन्य टिमकाेभन्दा गहिरो छ । उसले यस प्रकारका आठ टेस्ट खेलिसकेको छ । यो संख्या अन्य टिमले खेलेको भन्दा बढी हो । फेरि दोस्रो टेस्ट हुन लागेको एइडलेइड ओभल अस्ट्रेलियन टिमका लागि फलिफाप सिद्ध हुने गरेको छ । यद्यपि कमन्स इंग्ल्यान्डविरुद्धको भिडन्तलाई लिएर संयमित छन् ।
‘पिंक बल टेस्टमा संयमित भएर खेल्नुको विकल्प छैन । आफ्नो भावनालाई नियन्त्रणमा राख्न सक्नुपर्छ । किनभने एक विकेट गुमाउँदा पनि खेल हारेको अनुभुति हुनसक्छ । वा योभन्दा ठ्याक्कै उल्टो भावना पनि पैदा हुनसक्छ । फेरि यो नयाँ ढाँचाको खेल हो । यसका विविध पक्षबारे हामी पूर्णरुपमा जानकार भइसकेका छैनौँ,’ कमन्सले खेल सुरु हुनुअघि भनेका छन् ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया