कांग्रेस महाधिवेशन : महामन्त्रीका उम्मेदवारको मत गणना आज नहुने

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत महामन्त्री पदका उम्मेदवारहरुको मत गणना आज नहुने भएको छ । आज अन्य पदाधिकारीको मत गणना भने सुरु हुने केन्द्रीय निर्वाचन समितिका गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार आज उपसभापति पदका उम्मेदवारहरुले पाएको मतको मात्रै गणना हुनेछ ।
‘महामन्त्रीका उम्मेदवारहरुको मत गणना आज हुँदैन,’ उनले भने, ‘आज उपसभापतिको मात्र गणना हुन्छ ।’ कति बेलादेखि गणना सुरु गर्ने भन्नेबारे छलफल भइरहेको उनको भनाइ छ ।
निर्वाचन समितिले उपसभापतिसहित पदाधिकारी तथा सदस्यहरुको मत गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गर्ने जनाएको छ । मत पेटिकाहरु सानेपामा लगेर राखिएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत हिजो भएको दोस्रो चरणको मतदानपछि भएको मतगणनाबाट पार्टी सभापतिमा दोस्रो कार्यकालको लागि शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया