राखेप सदस्यसचिव सिलवाललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई पुनर्वहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । सरकारले सिलवाललाई बर्खास्त गरेपछि उनी अदालत पुगेका थिए । सिलवालको रिटमाथि सुनुवाई गर्दै अदालतले सिलवाललाई पुरानै अवस्थामा काम गर्न दिन आदेश दिएको हो ।
अदालतले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेका नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई समेत काम गर्न नदिन भनेको छ ।
सरकारले कात्तिक १ गते सिलवाललाई सदस्य सचिवबाट पदमुक्त गर्ने निर्णय गरेको थियो । सदस्य सचिवबाट आफुलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी रहेको दाबी गर्दै सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सिलवालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले पुनर्वहालीको फैसला गरेको छ ।
सिलवाललाई पदमुक्तको निर्णय गरेको सरकारले मंसिर १३ गते राखेपको सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

प्रतिक्रिया