देउवासँग संघर्षको यात्रा अगाडि बढ्छ : गगन थापा

काठमाडौँ - नेपाली कांग्रेसका नेता गगन थापाले सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवासँग संघर्षका रुपमा सहयात्रा सुरु हुने बताएका छन् । कांग्रेस सभापतिमा पराजित शेखर कोइराला पक्षले आयोजना गरेको धन्यवाद कार्यक्रममा बोल्दै थापाले देउवा सभापतिमा निर्वाचित भएपछि अब संघर्षका रुपमा यात्रा अगाडि बढ्ने बताएका हुन् ।
सभापतिमा जित्नका लागि देउवाले बिहानदेखि बेलूकासम्म लाइन लागेर भोट माग्नु आश्चर्यचकित भएको पनि उनले बताए । ‘प्रधानमन्त्री कोट कोटमाथि ओभरकोट लाएर बिहानदेखि साँझसम्म मत माग्नुभयो । भेट्रान नेताले विज्ञप्ति जारी गर्दा पनि हार्छु भन्ने डर रहेछ,’ उनले भने, ‘देउवासँग सहकार्य र संघर्षको रुपमा हाम्रो यात्रा अगाडि बढ्छ ।’ थापाले महामन्त्रीमा चुनाव लडेका थिए । महामन्त्रीको नतिजा आउन बाँकी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया