बुधबार थपिए २८० संक्रमित

काठमाडौँ - पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोभिड-१९ संक्रमण देखिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ९ सय ९४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ सय ५२ र एन्टीजेन्ट विधिबाट २८ जनामा कोभिड पुष्टि भएको छ ।
त्यसैगरी ३ सय जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ७ हजार ८ सय १६ जना संक्रमणमुक्त भइसकेका छन् । ६ जनाको मृत्यु र हालसम्म ११ हजार ५ सय ६५ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ५ हजार ६ सय ३५ जना छन् । त्यसैगरी २ हजार ५ सय २३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
आईसीयूमा १ सय १२ र भेन्टीलेटरमा २५ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार ३ सय ३५ , संस्थागत आईसोलेशनमा २ सय ८२ र क्वारेन्टाइनमा ९५ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया