चिनियाँ टोलीले भेट्यो देउवालाई

काठमाडौँ : नेपाल भ्रमणमा रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ । मंगलबार बिहान चिनियाँ टोली कांग्रेस सभापति देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठमा पुगेको थियो ।
टोलीसँग दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे छलफल भएको देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेशकुमार भट्टराईले जानकारी दिए । भेटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येझाउले कांग्रेस चीनको असल मित्र रहेको बताएको भट्टराईले बताए । टोलीलाई सभापति देउवाले सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पुग्न लागेकोमा बधाई दिएको उनले बताए । जवाफमा येझाउले धन्यवाद दिँदै अर्को वर्ष चीनले भव्य कार्यक्रम गर्न लागेको र त्यसमा देउवालाई पनि सामेल हुन निम्तो दिएको भट्टराईले जानकारी दिए ।
येझाउले नेपालका सबै राजनीतिक दलसँग चीनको असल सम्बन्ध रहेको बताएको र बीपी कोइरालाको सरकारदेखि नै कांग्रेससँग चीनको असल सम्बन्ध रहेको र त्यो अहिले पनि उस्तै रहेको बताएका उनको भनाइ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भने आफूहरूले केही नसोधेको र उनीहरूबाट पनि केही जानकारी नआएको पनि उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँएको बेला चिनियाँ टोली स्थलगत अवस्था बुझ्न नेपाल आएको हो । टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेताहरुसँग भेटवार्ता गरेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया