कांग्रेस महाधिवेशन : उपसभापतिको मत गणना सुरु

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उपसभापतिका उम्मेदवारहरुको मत गणना सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेकाअनुसार आज उपसभापतिका उम्मेदवारको मात्रै मत गणना हुनेछ ।
‘भर्खरै गणनाको लागि मत पत्र खन्याउने काम भयो,’ इकागजसँग कुरा गर्दै उनले भने । उपसभापतिका लागि सभापति निर्वाचित भएका शेरबहादुर देउवाको प्यानलबाट पूर्णबहादुर खड्का र विजय गच्छदार उम्मेदवार छन् भने सभापतिमा पराजित शेखर कोइरालाको प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङ छन् । त्यस्तै महेश आचार्य र दिव्यश्वरी शाह पनि उपभापतिका उम्मेदवार हुन् । निर्वाचन समितिकाअनुसार तीन ठाउँमा मत गणना हुनेछ । आजै राति मत परिणाम आउने बताइएको छ ।

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

प्रतिक्रिया