‘ओली कमरेड होइन, निरंकुश शासक बन्नुभयो’
काठमाडौं : राजधानीमा आयोजित सरकारविरुध्दको सभालाई सम्बोधन गर्दै अष्टलक्ष्मी शाक्य प्रधानमन्त्री केपी शर्मा ओली कमरेड बन्न नसकेको बताएकी छन् ।नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको सभालाई सम्बोधन गर्दै मंगलबार शाक्यले ओलीलाई निरंकुश शासक बनेको आरोप लगाइन् ।
‘हामीले आदर गरेको ओली कमरेड बन्नु भएन, उहाँ निरंकुश शासक बन्नुभयो, स्वच्छाचारी शासक बन्नुभयो, सामन्ती शासक बन्नुभयो, सर्वोसत्तावादी शासक बन्नुभयो’, उनले भनिन्,‘र जनतामाथि धावा बोल्नुभयो।’
प्रधानमन्त्री ओलीले संविधानमाथि कू गरेकोसमेत शाक्यले आरोप लगाइन् । उनका अनुसार जनताले ओली सरकारमाथि जुन आशा गरेका थिए त्यो तोडिएको छ । ‘जबसम्म ओलीले खोस्न लागेको अधिकार प्राप्त गर्न सक्दैनौँ जबसम्म हामी रोकिँदैनौँ’, उनले भनिन् ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया