राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्रलाई हटाइयो, नयाँ कप्तान बने सन्दीप

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार राष्ट्रिय क्रिकेट टिम (पुरुष)को कप्तान परिवर्तन गर्ने निर्णय गरेको छ । कप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारीबाट मुक्त गर्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान घोषणा गरिएको छ । आचार संहिता उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र कारबाहीमा परेका हुन् ।
क्यानले दिएको कन्ट्रयाक्ट र वर्गीकरणको विषयमा ज्ञानेन्द्र तथा टिमका अन्य खेलाडी र क्यान नेतृत्वबीच जुहारी चल्दै आएको थियो । ज्ञानेन्द्रसँगै उप–कप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले मिडियाबाजी गरेको भन्दै क्यानले उनीहरूलाई स्पष्टीकरण समेत सोधेको थियो ।
क्यानले बुधबार आफ्नो बोर्डको निर्णय सुनाउँदै ज्ञानेन्द्र र दीपेन्द्रलाई क्रमशः कप्तान तथा उप–कप्तानबाट हटाएको बताएको हो । अनि उनीहरूसँगै सोमपाल र कमललाई सन् २०२२ का लागि दिइएको सेन्ट्र कन्ट्रयाकबाट सुरुवाती ६ महिनाका लागि सहभागी नगराउने पनि निर्णय गरेको छ ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया